काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो ।
ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस वापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस वापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।