दुई लाख ३ हजार ८७ कित्ता सेयर बेच्दै कुमारी बैंक

<p>काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले गुल्मीको राजन प्रसाद अमात्यको २ लाख कित्ता सेयर र चितवनका टिकारामा सापकोटाको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकले गुल्मीको राजन प्रसाद अमात्यको २ लाख कित्ता सेयर र चितवनका टिकारामा सापकोटाको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको काठमाडौंको टंगलामा रहेको प्रधान कार्यालयमा निवेदन दिन जानकारी दिएको छ ।

यस्तै, बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

Share News