ह्याम्सका अध्यक्ष भण्डारीले दिए एफएनसीसीआईको एशोसिएट सदस्यमा उम्मेदवारी

<p>काठमाडौं । ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । मेडिकल व्यवसायीका रुपमा चिनिएका भण्डारीले चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हुन् । अस्पतालको पूर्वाधार, गुणस्तर, सेवा र लगानीमा जोड दिनु पर्ने भण्डारीले बताउँदै आएका [&hellip;]</p>

काठमाडौं । ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । मेडिकल व्यवसायीका रुपमा चिनिएका भण्डारीले चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हुन् ।

अस्पतालको पूर्वाधार, गुणस्तर, सेवा र लगानीमा जोड दिनु पर्ने भण्डारीले बताउँदै आएका छन् । व्यावसायिक रूपमा सफल भण्डारीले सिन्धुपाल्चोकमा ५० शैय्याको अस्पताल सञ्चालन गरिसकेका छन् । यसअघि मेडिकल उपकरणको व्यवसाय गरेका उनले काठमाडौंको ह्याम्स अस्पताल खरिद गरेका हुन् ।

ह्याम्स हस्पिटललाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अस्पताल बनाउने बताउँदै आएका उनी मेडिकल क्षेत्रका एजेण्डा बोकेर चुनावमा उत्रिएका छन् ।

Share News