काठमाडौं । बैशाख १२ गते ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ हुने भएकाे छ ।
जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड) सँग मिलेर उक्त सेमिनार आयाेजना गर्ने भएकाे हाे ।
जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा फालियासँग संघले पहिलोपटक यस्तो सेमिनार आयोजना हुन लागेको हो । पौडेलले आफ्नो जापान भ्रमणमा फालियाका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए ।
फालिया र जीवन बीमक संघ नेपालले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेको अध्यक्ष पोषक राज पौडेलले जानकारी दिए ।
संघले सेमिनारमा सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन अनुराेध गरेको छ ।
बैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुने बताइएकाे छ ।