यूनियन लाइफसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । जसमा इन्स्योरेन्स, विकास बैंक र फाइनान्स समूहअन्तर्गतका कम्पनी रहेका छन् । इन्स्योरेन्स समूह अन्तर्गत युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत अर्थात १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत अर्थात १६ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । जसमा इन्स्योरेन्स, विकास बैंक र फाइनान्स समूहअन्तर्गतका कम्पनी रहेका छन् ।

इन्स्योरेन्स समूह अन्तर्गत युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत अर्थात १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत अर्थात १६ लाख ४ हजार ३५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

बिहीबार बोनस सेयर सूचीकृत हुनेमा पोखरा फाइनान्सको पनि छ । जसको ४ प्रतिशत अर्थात ४ लाख १६ हजार ३६७ कित्ता सेयर सूचीकृत भएका छन् ।

Share News