काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ७१ जलविद्युत कम्पनीहरु सूचीकृत छन् । जसमा माउन्टेन इनर्जी नेपालको सेयर मूल्य सबैभन्दा बढी छ भने सबैभन्दा कम सेयर मूल्य मोलुङ हाइडोपावर कम्पनीको रहेको छ । यस जलविद्युत कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ छ ।
नेप्सेमा सुचिकृत १० जलविद्युत कम्पनीको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छ । २५० भन्दा कम मूल्य भएका १० जलविद्युत कम्पनीहरु क्रमश : मोलुङ हाइड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, हिमाल दोलखा, अन्खुखोला हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, नेपाल हाइड्रोपावर, नेशनल हाइड्रो पावर, खानी खोला हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।
मोलुङ हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य १५५.१० रुपैयाँ । दिव्यशोरी हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २१८ रुपैयाँ रहेको छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२० रुपैयाँ रहेको छ । कम्पनीको ५२ हप्ताको अधिकतम सेयर मूल्य २८०.१३ र न्युनतम सेयर मूल्य १६१ रुपैयाँ रहेको थियो ।
अन्खुखोला हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२५ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २६६ र न्युनतम सेयर मूल्य १५९.८० रुपैयाँ रहेको थियो ।
शिव श्री हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२८ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३०७.४० र न्युनतम सेयर मूल्य १५५.१० रुपैयाँ रहेको थियो ।
युनियन हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २३२ रुपैयाा रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१२.१० र न्युनतम सेयर मूल्य १६५.१० रुपैयाँ रहेको थियो ।
नेशनल हाइड्रोपावर कमपनीको पछिल्लो सेयर कारोबार मूल्य २३९ रुपैयाँ रहेको छ ।कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१० र न्युनतम सेयर मूल्य १७६.४० रुपैयाँ रहेको थियो ।
खानी खोला हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २४० रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २८८ र न्युनतम सेयर मूल्य १६३.८० रुपैयाँ रहेको थियो ।
पन्चकन्या माई हाइड्रोको पछिल्लो कारोबार मूल्य २४२ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५.७० र न्युनतम सेयर मूल्य १६८ रुपैयाँ रहेको थियो ।
युनिभर्सल पावर लिमिटेड कम्पनीको पछिल्लो कारोबार मूल्य २४९ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५ र न्युनतम सेयर मूल्य १७५.९० रुपैयाँ रहेको थियो ।