नेप्सेमा ५ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत २६ गते आइतबारदेखि चैत ३० गते बिहीबारसम्म ङादी ग्रुप पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स, यूनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत २६ गते आइतबारदेखि चैत ३० गते बिहीबारसम्म ङादी ग्रुप पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स, यूनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस वापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस वापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, पोखरा फाइनान्सको ४ प्रतिशत बोनस वापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, यूनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस वापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News