आइतबार तीन कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

<p>काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज सामान्य अंकले घटेको छ । आज नेप्से २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ । बजार घटे पनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । आज आदर्श लघुवित्त वित्तिय [&hellip;]</p>

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज सामान्य अंकले घटेको छ । आज नेप्से २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ ।

बजार घटे पनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शन लिमिटेड रहेको छ ।

आज आदर्श लघुवित्त वित्तिय संस्थाको प्रतिश सेयर मूल्य १३० रुपैयाँ, मोलुङ हाइड्रोपावरको प्रति सेयर मूल्य १५.५० रुपैयाँ र कालिन्चोक दर्शनको प्रति सेयर मूल्य ५०.१० रुपैयाँले बढेको हो ।

यस्तै, आज ३० लाख कित्ता सेयर किनबेच हुँदा ९१ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सोल्टी होटल रहेको छ । यस कम्पनीको आज तीन करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News