काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले आज बैशाख ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ निष्कानश गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । यस्तै, २२ हजार ४३९ कित्ता सेयरमा कर्मचारी, ५६ हजार ९९ कित्ता सेयरमा सामूहिक लगानी कोष र ९ लाख ३४ हजार ९१५ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।