काठमाडौं । सोमबार सेयर बजार २३.६४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से सूचक घटेर १९०८.०४ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै गिरावट आएको छ ।
आजको कारोबारमा कूल ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर ९२ करोड ७८ हजार पाँच सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड दुई लाख ४३ हजार छ सय ४२ बराबरको कारोबार भयो ।
यस्तै, शिवम् सिमेन्ट चार करोड ३३ लाख ३६ हजार पाँच सय, एनआइसी एशिया बैंक तीन करोड ११ लाख ५६ हजार सात सय ४३, माछापुच्छ्रे बैंक दुई करोड ६७ लाख छ हजार सात सय ४० र हिमालयन डिस्टिलरी दुई करोड ६३ लाख सात हजार सात सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरु क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर रहेको छ ।
आदर्श लघुवित्तको प्रति कित्ता सेयर मूल्य १४३ रुपैयाँ, कालिन्चोक दर्शनको ५५.१० रुपैयाँ र मोलुङ हाइड्रोपावरको १७ रुपैयाँले वृद्धि भएको छ ।
यस्तै, सनराइज ब्ल्यूचिप फण्ड छ दशमलब २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको सेयर मूल्य चार दशमलब १० प्रतिशतले घटेको छ ।