पुष्पकमल दाहालद्धारा भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

<p>काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्। काठमाडौं विश्वविद्यालयद्वारा बिहीबार आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका [&hellip;]</p>

काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्।

biddhya_baridi_indian_presiकाठमाडौं विश्वविद्यालयद्वारा बिहीबार आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी थिए । रासस

Share News