काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत लाभांश वितरण गर्नुपर्ने भएको छ ।
नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वन नगर्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकको उक्त निर्णय २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको बताएको छ ।