४ लघुबीमाका अध्यक्षलाई सपथ गराउँदै सिलवालले भने : इमान्दारीपूर्वक काम गर्नुहोस्

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई शपथ गराएका छन् । अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका कृतिका अग्रवाललाई शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी संचालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताए ।

सिलवालले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीयस्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए ।

Share News