काठमाडौं । बुधबार सेयर बजार १५.१३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९०२.१२ विन्दुमा पुगेको छ ।
आज २६६ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।
आज ४ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनी क्रमश: कालिन्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुरासँ लघुवित्त वित्तिय संस्था रहेको छ भने नकारात्मक सर्किट लाग्ने आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ ।
आज कारोबार रकम र कारोबार भएका सेयर सङख्याका आधारमा सबैभन्दा धेरै स्वाबल्मबन लघुवित्त वित्तिय संस्थाको प्रमोटर सेयर आठ करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।