सरकार पनि सेयरमा डुब्यो, वार्षिक प्रतिफल १.१८% मात्र

<p>काठमाडौं । सेयरमा लगानी गर्दा नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनी ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । त्यसबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १.१८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले ११४ कम्पनीमा सेयर लगानी गरेकोमा ९ वटा कम्पनीले नगद लाभांश [&hellip;]</p>

काठमाडौं । सेयरमा लगानी गर्दा नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनी ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

त्यसबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १.१८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले ११४ कम्पनीमा सेयर लगानी गरेकोमा ९ वटा कम्पनीले नगद लाभांश दिएका छन् । १०५ वटा कम्पनीमा गरिएको सेयर लगानीबाट सरकारले लाभांश पाउन नसकेको हो ।

गत आवमा ९ कम्पनीले सरकारलाई ४ अर्ब २४ करोठ ३७ लाख रुपैयाँ नगद लाभांश दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.७२ प्रतिशत कम रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लोख गरिएको छ ।

सेयर लगानीको प्रतिफल कम भएपनि सरकारले सेयर लगानी भने बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा मात्र सरकारले सेयरमा १५ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ थप लगानी गरेको छ ।

१०५ वटा कम्पनीको सेयरमा सरकारले २ खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैयाँ बराबर लगानी गरेको छ । उक्त लगानीको प्रतिफल शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

११४ संस्था मध्ये ६९ वटा पूणर् सरकारी स्वामित्वका सार्वजनिक संस्थान छन् । त्यसमा ४२ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन् ।

Share News