लाभांश पारित गर्न कामना सेवाले बोलायो साधारण सभा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सोमबार बसेको संचालक समिति बैठकले बैशाख ३१ गते साधारण सभा बोलाउने भएको हो । बैंकले साधारण सभामार्फत सेयरधनीलाई लाभांश पारित गर्नेछ । बैंकले गा वर्षको नाफाबाट सेयरधनीलाई ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, सभाले २०७८/७९ को संचालक समितिको [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सोमबार बसेको संचालक समिति बैठकले बैशाख ३१ गते साधारण सभा बोलाउने भएको हो ।

बैंकले साधारण सभामार्फत सेयरधनीलाई लाभांश पारित गर्नेछ । बैंकले गा वर्षको नाफाबाट सेयरधनीलाई ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, सभाले २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमार्फत छलफल गरी पारित गर्नेछ ।

Share News