२१ दिनमै कालिन्चोक दर्शनको सेयर मूल्य ८०७ रुपैयाँ पुग्यो

<p>काठमाडौं । कालिन्चोक दर्शनले नेपाल स्टक एक्सचेन्जमा कारोबार सुरु गरेको २१ दिन भएको छ । चैत ९ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएर कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्यमा गएको सातादेखि लगातार सकारात्मक सर्किट लागिरहेको छ । पछिल्लो १३ दिन यता कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्यमा कारोबार सुरु [&hellip;]</p>

काठमाडौं । कालिन्चोक दर्शनले नेपाल स्टक एक्सचेन्जमा कारोबार सुरु गरेको २१ दिन भएको छ । चैत ९ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएर कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्यमा गएको सातादेखि लगातार सकारात्मक सर्किट लागिरहेको छ ।

पछिल्लो १३ दिन यता कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्यमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागिसकको थियो ।

प्रतिकित्ता १३९ रुपैयाँबाट कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्य २१ दिनमा ८०७।८० रुपैयाँ पुगेको छ ।

आइपीओहरु कारोबार सुरु गरेको सुरुको केही समय यसरी बढ्नु सामान्य भएको एक लगानीकर्ता बताउँछन् । ‘यसरी आइपीओहरुको सुरु सुरुमा यसरी मूल्य बढ्नु सामान्य हो, बजारमा यस्तो भइरहन्छ,’ उनले भने ।

उनले कालिन्चोक दर्शन र चन्द्रगिरी हिल्सको आइपीओ उस्तै रहेको हो । ‘सुरुमा चन्द्रागिरी हिल्सको आइपीओ यस्तो बढेको थियो, यो पनि त्यस्तै हो,’ उनले थने ।

कालिञ्चोक दर्शन लिमिटेड २०६३ साउन १७ गते कालिञ्चोक हाइड्रोपावर प्रालिको नामबाट दर्ता भएको कम्पनी हो ।

२०६९ माघ २६ गते कालिञ्चोक दर्शन प्रालिको नाममा दर्ता भएको र २०७१ माघ ६ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७१ माघ ८ गतेदेखि कालिञ्चोक दर्शन लिमिटेडको नाममा यो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

Share News