काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सवा १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो ।
बैंकले संस्थापक सेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।