दोल्ती पावरको आईपीओमा भाग्यमानी १ जनाले पाए ११ कित्ता

<p>काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार बाँडफाँट गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । आईपीओमा माग भन्दा बढी आवेदन परेको हँदा १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो । [&hellip;]</p>

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार बाँडफाँट गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । आईपीओमा माग भन्दा बढी आवेदन परेको हँदा १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो । गोलाप्रथा विधिमार्फत बाँड्दा १ कित्ता बाँकी रहन्छ । त्यसैले एक जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन दिएकोमा १२ लाख ६८ हजार ९४६ जना आवेदक मात्रै सदर भएका छन् । कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि १२ लाख ७१ हजार ८८१ कित्ता सेयर बिक्री गरेको थियो ।

Share News