काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि एक कम्पनीले आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार शुक्रवारसम्म हिमालयन स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको हो ।
नयाँ स्टकका लागि आवेदन दिने समय बैशाख १० गते अन्तिम दिन रहेको छ । यसअघि आवेदन खुला गरेको भएपनि अदालतमा रिट दायर भएका कारण रोकिएको थियो । अदालतले नयाँ स्टक सञ्चालनको पक्षमा फैसला गरेसँगै बोर्डले आवेदन दिने समय १० दिन थप गरेको थियो ।
आइतबारसम्म आवेदन दिने समय भएपनि थप केही कम्पनीले आवेदन दिन सक्ने बोडले जनाएको छ । बोर्डका अनुसार बस्तु विनिमय बजारको लागि आवेदन परेको छैन ।