नेप्सेमा १५ बैंकको साढे १४ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

हालसम्म नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र साविकका सिभिल बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी सबैको बैंकको गरी कूल १४ करोड ४० लाख ९६ हजार ९०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतक २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस वापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, प्राइम बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नबिल बैंकको १८.५० प्रतिशत बोनस वापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविक सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस सेयर वापत ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, प्रभु बैंकको ६.५० प्रतिशत बोनस सेयर वापत ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद गरी कूल ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, एभरेष्ट बैंकको १३ प्रतिशत बोनस वापतको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर वापत १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ प्रतिशत बोनस वापतको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको मेगा बैंकको ४ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.७९ प्रतिशत नगद गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ३.३६६३ प्रतिशत बोनस वापतको ३७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६३३७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News