काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको जनाएको छ ।
राष्ट्र बैंकले गत चैत २२ गते १० अर्ब रुपैयाँ बराबरको २०८५ ‘६’ नामक ऋणपत्र बिक्री गरेको थियो । राष्ट्र बैंकले ८.८७ प्रतिशत ब्याजदर कायम रहेको सो ऋण पत्रको अवधि ६ वर्ष रहेको छ ।
राष्ट्र बकले बिक्री गरेको सो ऋणपत्रको साँवा भुक्तानी वि.सं. २०८५ चैत २२ गते हुने जनाएको छ ।