यूनाइटेड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने कम्पनीको प्रस्तावलाई पारित गर्दै छ । दुई इन्स्योरेन्स बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्जरमा जान लागेका [&hellip;]</p>

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो ।

सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने कम्पनीको प्रस्तावलाई पारित गर्दै छ । दुई इन्स्योरेन्स बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्जरमा जान लागेका हुन् ।

त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।

Share News