काठमाडौं । मंगलबार सेयर बजार १७.३६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९०५.६८ विन्दुमा पुगेको छ ।
आज दुई सय ७० वटा कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम भने ८८ करोड २५ लाख ३४ हजार सात सय ९९ मा खुम्चिएको छ ।
आजको कारोबारमा सनराइज ब्लुचिप फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सनराइज ब्लुचिपको सेयर मूल्य ८.५५ रुपैयाँले घटेको हो । यस्तै, सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको सेयर मूल्य प्रति कित्ता ४० रुपैयाँले बढेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६८ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।