आईएमईले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

<p>काठमाडौं । आईएमईले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आईएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न भएको हो । यसको लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु [&hellip;]</p>

काठमाडौं । आईएमईले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आईएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न भएको हो ।

यसको लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

Share News