काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल हाइड्रोपावर डेभलपर, साविक लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो ।
नेपाल हाइड्रोपावर डेभलपरको ५ प्रतिशत बोनस वापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस वापतको ९ लाख १७ हजार ६४४.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको १२.४० प्रतिशत बोनस वापतको १६ लाख ५३ हजार ६९९.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.४० प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।