सूर्यज्योति लाइफको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

<p>काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक [&hellip;]</p>

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यस्तै, संस्थापकसमूह ‘क’बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्नेछ ।

यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति र उप समितिका सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Share News