जीवन बीमाबारे जानकारी दिन मेटलाईफले ल्यायो कमिक्स भिडियो

<p>काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा &#8216;हेलो बिमा&#8217; नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको [&hellip;]</p>

काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ ।

जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू र तेस्रो शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारी दिइएको छ ।

मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले नेपालमा धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिँदे आएको बताए ।

Share News