काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले अब ७ दिनमै कुनैपनि ऋणपत्र सूचिकरण गर्ने भएको छ ।
नेप्सेको सोमबार बसेको संचालक समितिको बैठकले धितोपत्र सूचीकरण विनियमावली २०७५ संशोधन गर्ने निर्णय गरेसँगै ऋणपत्र सूचीकृतको समय घट्ने भएको हो ।
२०७५ सालमा बनेको उक्त सूचीकरण विनियमावली यता बजारमा धेरै कुराहरु परिवर्तन भईसकेको विषयलाई मध्यनजर गर्दै विनियमावली संशोधन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।
हाल नेप्सेमा कुनैपनि सेयर तथ ऋणपत्र सूचीकृत गर्ने अधिकतम ३० दिन लाग्छ ।