आजसम्म कामना सेवा विकास बैंकको सेयर खरिद गरे लाभांश पाउने

<p>काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज वैशाख १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्रै वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, आज वैशाख १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्रै वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद गरी ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले वैशाख ३१ गते, सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा बिहान ११ः३० बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Share News