काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, गरिमा विकास बैंक, नेपाल रिइन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । यी सबै कम्पनीको १ करोड ९१ लख २९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनस वापतको १३ लाख ८३ हजार ६७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, गरिमा विकास बैंकको १३ प्रतिशत बोनस वापतको ५९ लाख ६८ हजार १३५.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस वापतको ५८ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ३.३२५ प्रतिशत बोनस वापतको ३ लाख ९४ हजार ३९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत नगद गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस वापतको ४१ लख ७० हजार ५४७.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।