काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
संस्थापक सेयरधनी अर्जन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद पौडेलको २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीको ७ हजार ५ सय कित्ता, चुडामणि वाग्लेको ४ हजार कित्ता र फणिन्द्र राज शर्माको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।