काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर निकाशन, पूँजी वृद्धि लगायतका प्रस्ताव पारित गर्न वार्षिक साधार सभा बोलाएको छ । कम्पनीको बैशाख १६ गते बसेको सञ्चालक समिति बैठकले २२ औँ वार्षिक साधारण सभा जेठ ९ गते बोलाएको हो ।
कम्पनीको वार्षिक साधाराण सभामा १ः१ अनुपातामा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । यस्तै, सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर निश्कासन पछि प्राप्त हुने पुँजी व्यवस्थापन र कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी बिक्री गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रूताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १८ गतेलाई बुक क्लोज मानिएको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।