काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जका लागि मूल्यांकन समिति गठन गरेको छ ।
बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जको लागि आवेदन दिएका निवेदन अध्ययन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्व मूल्यांकन समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्रालयबाट सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी सदस्य रहेका छन् ।
बोर्डमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले निवेदन दिएका छन् ।