१९ अंकले घट्यो सेयर बजार, साढे ९५ करोडको कारोबार

<p>काठमाडौं । पुँजीबजारमा आइतबार गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख बराबरको कारोबार भएको [&hellip;]</p>

काठमाडौं । पुँजीबजारमा आइतबार गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ६५ को विन्दुमा कायम भएको हो ।

आज दुई सय ६४ वटा कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै  एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को सेयर मूल्य तीन दशमलव ३३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्य आठ दशमलव ८९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको चार करोड २५ लाख बराबरको सेयर किनबेच भएको छ ।

Share News