आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज १ हजार ११५ रुपैयाँ !

<p>काठमाडौं । नेपाल स्टक एकचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । दुबै लघुवित्तको सर्वसाधारणलाई बिक्री गरेको आईपीओ र संस्थापक लगानकर्ताहरुको सेयर सूचीकृत भएको नेप्सले जनाएको छ । आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको २ लाख ३ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एकचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । दुबै लघुवित्तको सर्वसाधारणलाई बिक्री गरेको आईपीओ र संस्थापक लगानकर्ताहरुको सेयर सूचीकृत भएको नेप्सले जनाएको छ ।

आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१.८२ रुपैयाँदेखि १ हजार ११५.४६ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ । लघुवित्तलाई नेप्सले एएनएलबी कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै, बिपीडब्लु लघुवित्तको ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको ९७ हजार कित्ता र संस्थापक सेयरधनीहरुको २ लाख ३ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६.७८ रुपैयाँदेखि २६०.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ । लघुवित्तलाई नेप्सले बिपीडब्लु कारोबार संकेत प्रदान गरेको छ ।

Share News