काठमाडौं । १६ वटा ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डलेबाट आशयपत्र (एलओआई) पाउने भएको छ । बोर्डको सोमबार बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।
एलओआई पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, एसपीएसएस सेक्युरिटिज, एलिट स्टक हाउस, आकाश भैरव सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज क्यापिटल म्याक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आरविवि सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, सीबिआईएल सेक्युरिटिज र हिमालयन ब्रोकेज कम्पनी रहेको छ ।
यी १६ कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याए ब्रोकर लाईसेन्स पाउने छन् ।
