काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत फागुन ३ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.४३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
कम्पनीले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८.४३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीले बुक क्लोज गरेको दिन (माघ १७गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।
साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल रहेको छ ।