राष्ट्र उत्थान लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, सेयर कारोबार रोक्का

<p>काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ [&hellip;]</p>

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । बैशाख १३ गते बसेको बैठकले गरेको निर्णय १९ गते सेयर कारोबार भएको समयमा मूल्य प्रभावित हुनेगरी सार्वजनिक गराएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

Share News