नयाँ स्टक एक्सचेञ्जको विरोधमा नेप्सेका कर्मचारी आन्दोलित

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको विरोध गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएसँगै नेप्सेका कर्मचारीले विरोध जनाएका हुन् । नेप्से कर्मचारी संघले बुधबार नेप्सेको कार्यालयमा कालो ब्यानर प्रदर्शन गर्दै विरोध जनाएका हुन् । संघका अध्यक्ष नवराज थापाले नेप्सेलाई थप मजबुत र नीतिगत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको विरोध गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएसँगै नेप्सेका कर्मचारीले विरोध जनाएका हुन् ।

नेप्से कर्मचारी संघले बुधबार नेप्सेको कार्यालयमा कालो ब्यानर प्रदर्शन गर्दै विरोध जनाएका हुन् । संघका अध्यक्ष नवराज थापाले नेप्सेलाई थप मजबुत र नीतिगत सुधार गर्नुपर्ने अवस्थामा नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाएको भन्दै विरोध गरेको बताएका हुन् ।

‘हामीले नयाँ स्टक एक्सचेञ्जका विरुद्ध नारा, जुलुस र र्याली गरेर विरोध गरेका छौं, नेपालमा नयाँ स्टक आवश्यक छैन, नयाँ स्टकमा लगानी गर्न चाहनेले नेप्सेको सेयर दिँदा नै उपयुक्त हुन्छ,’ उनले भने ।

यस्तै, उनीहरुले नेप्सेको आईपीओ जारी गर्नुपर्ने, पुनः संरचना गर्नुपर्ने र प्रविधिमैत्री बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

Share News