काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी “नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३’ शुक्रबारदेखि राजधानीमा आयोजना हुने भएको छ ।
स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा वैशाख २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म प्रदर्शनी आयोजना गर्न लागेको हो ।
अन्तराष्ट्रियस्तरको यस प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिने आयोजकले बताएको छ ।
फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापक डी।एन इभेन्ट्स प्रलि रहेको छ ।
नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहने प्रदर्शनीले फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने उद्देश्य राखेको आयोजके जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० का अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरी बहादुर दर्लामी र नेपालका लागि भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भूटियाले संयुक्त रुपमा उद्घाटन गर्ने एक्स्पो बिहान १० बजेदेखि बेलुका छ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने बताइएको छ ।