काठमाडौं । बिहीबार सेयर बजार १२.७३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।
आज २५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । कम्पनीको बिहीबार सेयर प्रति कित्ता सेयर मूल्य ८.३६ रुपैयाँले बढेको छ । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.८० प्रतिशत-२०७७/७८ ले प्रति कित्ता ५१.९० रुपैयाँ गुमाएको छ ।
यस्तै, आज सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ४ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।