भृकुटीमण्डपमा जेठ ४ गतेबाट चेम्बर एक्स्पो हुने 

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को आयोजना गर्ने भएको छ । चेम्बरले भृकुटीमण्डपमा जेठ ४ देखि ८ गतेसम्म सो  एक्सपो गर्ने भएको हो । मुलुक आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गई रहेको परिपेक्षमा राष्ट्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिताका लागि उक्त एक्स्पोको आयोजना गर्ने भएको चेम्बरले बताएको छ । छैटौं [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को आयोजना गर्ने भएको छ । चेम्बरले भृकुटीमण्डपमा जेठ ४ देखि ८ गतेसम्म सो  एक्सपो गर्ने भएको हो ।

मुलुक आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गई रहेको परिपेक्षमा राष्ट्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिताका लागि उक्त एक्स्पोको आयोजना गर्ने भएको चेम्बरले बताएको छ ।

छैटौं संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको बताइएको छ ।

एक्स्पोमा मिनिस्ट्रिी अफ कमर्श एण्ड इएपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने बताइएको छ ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज, हाइड्रो लजेस्टिक, सामग्रीको प्रदर्शनी गरिने छ । यस्तै, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स्, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरी प्रडक्ट लगायत सामग्री पनि प्रदर्शनी हुने बताइएको छ ।

चेम्बरका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल हुने छन् ।

Share News