विदेशमा रहेका नेपालीले आजसम्म थ्रीस्टारको आईपीओ खरिद गर्न पाउने, स्थानीयलाई समय थप

<p>काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावित स्थानीयलाई आवेदन दिने समय थप गरिएको छ । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । स्थानीय वासिन्दालले अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् [&hellip;]</p>

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावित स्थानीयलाई आवेदन दिने समय थप गरिएको छ । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । स्थानीय वासिन्दालले अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ७३ हजार ८७५ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Share News