यूनिटेक हाइड्रोपावर सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, ३६ करोड ६७ लाखको सेयर जारी हुँदै

<p>काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मेवारी पाएको छ । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरिने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । आईतबार यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मेवारी पाएको छ । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरिने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।

आईतबार यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौतामा हस्ताक्षर भएको छ । लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको यूनिटेकले जनाएको छ ।

Share News