काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा आज बढेको मूल्य अनुसार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, नेपाली बजारमा चाँदीको तोलामा मूल्य १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।