१० अंकले बढ्यो सेयर बजार, युनिक नेपालका सेयरधनीले गुमाए प्रतिकित्ता १४३ रुपैयाँ

<p>काठमाडौं । मंगलबार सेयर बजार १०.६६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १८४४.३६ विन्दुमा पुगेको छ । आज २८ लाख कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार १०.६६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १८४४.३६ विन्दुमा पुगेको छ ।

आज २८ लाख कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा पपुल्स पावर लिमिटेडका सेयरधनीहरु रहेका छन् । कम्पनीको सेयरधनीले मंगलबार प्रतिकित्ता १६.४० रुपैयाँले कमाएका छन् ।

यस्तै, सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता १४३.७० रुपैयाँ गुमाएका छन् ।

Share News