धितोपत्र बजारमा गैरआवासिय लगानीकर्ता भित्र्याउन सेबोनले बनायो समिति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा गैर–आवासिय नेपालीहरुको लगानी भित्र्याउन अध्ययन समिति गठन गरेको छ । बोर्डको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले त्यसको लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको हो । बोर्डले नेपाल चार्टड एकाउण्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरूमा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा गैर–आवासिय नेपालीहरुको लगानी भित्र्याउन अध्ययन समिति गठन गरेको छ । बोर्डको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले त्यसको लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

बोर्डले नेपाल चार्टड एकाउण्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको सेबोनले जानकारी दिएको छ ।

सेबोनले गठन गरेको सो समितिले प्रतिवेदन तयार पारी नियमावलीको मस्यौदा समेत बनाउने छ । उक्त समितिले तीन महिना भित्र गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी बोर्डमा पेस गर्नेछ ।

साथै, समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ ।

Share News