काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, नेपाली बजारमा चाँदीको मूल्य तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।