काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई नियुक्त भएका छन् ।
महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले गुरागाईलाई उक्त पदमा नियुक्त गरेको हो । गुरागाई महासंघको कार्यकारिणी समिति निर्वाचित सदस्य हुन् ।
महासंघको छवि तथा प्रतिष्ठालाई अझ सशक्त रूपमा अघि बढाउन गुरागाईको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक काम गर्ने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।